Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्वीकृति पाएमा दुई महिनाभित्र फोरजी सेवा सुरु गर्न सक्छौं : एनसेल

Ncell-Logo२९ असार, काठमाडौं । नियामक निकायले अनुमति दिएमा दुई महिनामै फोरजी सेवा सञ्चालनमा ल्याउने एनसेलले बताएको छ । एनसेलले फोरजी सेवा सञ्चालनका लागि पाँच वर्षदेखि नेपाल दूरसञ्चार प्राधिकरणसँग फ्रिक्वेन्सी माग्दै आएको छ ।
फोरजी प्रविधि भित्राउन सकेमा डेटा सेवाको स्पिड बढ्ने र सेवा शुल्क समेत सस्तो हुने एनसेलको भनाई छ । यतिबेला फोरजी सेवाका बारेमा टेलिकम सेवा Ncell-Logoप्रदायक, नियामक निकाय र सर्वसाधारणमा चर्चाको विषय बनिरहेको छ ।
प्राधिकरणले पनि फ्रिक्वेन्सी नीतिमा परिमार्जन गरेर प्रविधि तटस्थ फ्रिक्वेन्सी दिने तयारी गरिरहेको छ । यसले गर्दा टेलिकम कम्पनीहरुलाई फोरजी सेवा संचालन गर्न बाटो खुल्ला गर्नेछ ।
‘करीव २ महिनामा हामीले नेटवर्क विकास गर्न र फोरजी सेवा शुरु गर्न सक्छौं । वास्तवमा हामी अर्को टुरिष्ट सिजन अगावै फोरजी ल्याउन चाहन्छौं’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने– ‘फोरजी शुरु गर्न हामी सम्बन्धित निकायको स्वीकृति पर्खिरहेका छौं ।’
फोरजीले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने उपभोक्तालाई ठूलै फरक अनुभव दिलाउने पर्किन्सको भनाई छ । ‘प्रत्येक देशले फोरजी डेटा स्पिड र अनुभवका लागि अंगिकार गर्दै आएका छन्’ उनले भने ।
अहिले एनसेलले जिएसएम प्रविधीमा आधारित मोबाइल र डेटा सेवा प्रदान गर्दै आएको छ । यसको थ्रिजी सेवा ६३ जिल्लामा पुगेको छ ।
फोरजीले मोबाइल इन्टरनेको शुल्क सस्तो बनाउने बताउँदै पर्किन्सले भने– ‘फोरजी सेवा प्रदान गर्नलाई लाग्ने लागत अर्थात् यसका लागि लाग्ने लगानी कम हुन्छ । उच्च पुँजी लगानी नभएपछि तपाईंले उच्च प्रतिफल खोज्नु परेन र औषत मूल्य तल झार्न सक्नुहुन्छ ।’
एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले मलेसिया, कम्वोडिया, इन्डोनेसिया र श्रीलंका लगायतका देशहरुमा फोरजी सेवा सञ्चालन गरिरहेको छ । ती देशमा फोरजी संचालनमा आएपछि डेटा सेवाको शुल्कमा गिरावट आएको दाबी गरिएको छ ।
‘फोरजीमा मुख्यतः दुई कुरा हुन्छ, मूल्य लाभ र राम्रो ग्राहक अनुभव । मूल्य सहि भएमा उपभोक्ताले पक्कै प्रयोग गर्छन’ पर्किन्सले भने ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget