काठमाण्डौ, १६ साउन । राजधानीको शिल्पी थिएटरमा माधवी मञ्चन भइरहेको छ । नारी प्रधान रहेको माधवी नाटकले पुरै राजा महाराजाले गर्ने क्रियाकलाप प्रस्तुत गरेको छ । आफ्ना बचनमा नहार्न आफ्नै छोरी दान गर्न पछि पर्दैनन् भन्ने कुरा अभिनयमा देखाइएको छ ।

एक वर्षअघि खुलेको संस्था थिएटर प्रज्ञा डबलीले आफ्नो औपचारिक यात्रा यो नाटक सुरु गरेको हो । यसमा अर्चना पन्थी,का अलावाघिमिरे युवराज, सरोज अर्याल, राम केसी, जीवन बराल, प्रदीप रेग्मी, किशोरकुमार चौलागाईँ, सविन कट्टेल, आकाङ्क्षा जिसीले अभिनय गरेका छन् ।
त्यस्तै सुवी लामा, भावना न्यौपाने, उषा चौलागाईँ, संगीत पोखरेल, राजेन्द्र ओझा, सुरज तमु, सुजन कार्की ढली, नवराज क्षितिज, दीपिनकुमार घिमिरे, सुशील ढकाल, मधुसुदन ढकाललगायत कलाकार आदि कलाकारको अभिनय रहेको छ ।
बत्तीसपुतलीस्थित नाटकघर शिल्पी थिएटरमा यही साउन १३ देखि ३१ गतेसम्म यो मञ्चन हुँदैछ । नाटकलाई टंक चौलागाईले नेपालीमा अनुवादगरी निर्देशन गरेका हुन् ।