
इदको बिदाको फाइदा उठाउँदै ५ दिनमै १ सय ८० करोड कमाएको यो चलचित्रले सोमबार र मंगलबार थप ३० करोड कमायो । चलचित्रले ७ दिनमा २ सय १० करोड हारहारीको व्यापार गरेको छ । भारतमा कुनै चलचित्रले एक सातामा नेट कलेक्शन गरेको यो नै सवैभन्दा बढी हो ।
यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्र करिब ४३ सय हलमा चलेको थियो । वुधबारदेखि आइतबारसम्म बढाइएको टिकट दरका कारण पनि यसको व्यापारिक आँकडा उच्च भएको हो । सलमान खान र अनुष्का शर्मा अभिनित चलचित्र रेसलिङ र प्रेमकथामा आधारित छ ।
शुक्रबारदेखि नयाँ २ चलचित्र रिलिज हुने भएकाले पनि चलचित्रको व्यापार केही कम हुनसक्छ । यो चलचित्रले ३ सय करोडको आँकडा छुने विश्लेषण पनि गरिएको छ । भारतमा आजसम्म सर्वाधिक कमाई गर्ने चलचित्र ‘पीके’ हो, जसले ३ सय ३० करोड कमाएको थियो । के ‘सुल्तान’ले यो रेकर्ड तोड्ला ?