मोरङ, असार १८ गते।
मोरङको कोशी-हरैचामा पानी जमेको खाल्डोमा डुबेर शुक्रबार ६ वर्षिय एक बालकको ज्यान गएको छ।
कोशी-हरैचा नगरपालिका १ रुपाटार स्थित गोपाल थापाको बारीमा रहेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने कुमार तामाङको छोरा विकाश तामाङको ज्यान गएको हो।
बालकालाई स्थानीयले अपरान्ह १५३० बजे डुबेको अवस्थमा भेटेपछि उद्दार गरी उपचारकालागी गोल्डेन अस्पताल पुर्याएकोमा सांझ १७१५ बजे उनको मृत्यु भएको हो।