काठमाडौ ३ । काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा असार १० गतेदेखि नियमित मञ्चन भइरहेको नाटक ‘उपियाँको निबन्ध’को मञ्चन सकिएको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको उत्त नाटक हिजो आइतबार हो । असार १० देखि मञ्चन शुरु भएको नाटक साउन २ सम्म नियमित तथा थप शोसहित मञ्चन सकिएको हो । ३० औं मञ्चनमा औपचारिक समापन गरेपनि केहिदिनसम्म स्कुल, कलेज तथा अन्य संघसंस्थाले गरेको बुकिङ शोहरु भने चल्ने लेखक तथा निर्देशक केदार श्रेष्ठले बताए ।
थिएटर मलको संस्थापक संस्था तथा नेपालकै पहिलो बालनाटकमा केन्द्रित नाट्य संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले निर्माण गरेको नाटक ‘उपिया“को निबन्ध’लाई काठमाडौं बाहिर समेत मञ्चनको तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । स्कुले परिवेशको कथालाई हाँस्य शैलीमा प्रस्तुत गरिएको ‘उपिया“को निबन्ध’नाटकमा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।
रंगकर्मी केदार श्रेष्ठको यो नाटक निर्देशनको रुपमा चौथो र लेखनका रुपमा दोस्रो नाटक हो । बाल्यकाल र स्कुले जीवनका घटनाहरुलाई कलात्मक रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको नाटकमा अभिनेता अभय बरालको साथमा सञ्जिता सञ्जी, राजेन्द्र भट्ट, विजय ताम्राकार, बिनिता गुरुङ, लक्ष्मी वर्देवा, प्रकु पाण्डेय, शंकर भण्डारी, एना देउजा, जीवन भट्टराई, रोसन सुवेदी, ममता लामिछाने, दिपक चन्दले अभिनय गरेका छन् । इलिना नकर्मी कार्यकारी निर्माता रहेको नाटकमा घनश्याम श्रेष्ठको परिकल्पनामा सवीर चुरौटेले प्रकाश परिचालन गरेका थिए ।