बाँके, १६ साउन । चलचित्र वृन्दाबन युनिटले आफ्नो प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेको छ । दुई दर्जन युवाहरुले वृन्दाबन लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि सोस्फूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए ।
भिन्न शैलिमा प्रचार शुरु गरेका बृन्दावन युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताईएको छ । केही दिन अघि जोरपाटी स्थीत खगेन्द्र नवजीवन केन्द्रमा आस्रित ४६ जना बालबालिका बीच ताला चाबी......., बोलको गीत र अफिसियल प्रोमो सार्वजनिक गरेर चलचित्र वृन्दाबनको प्रचारमा निस्कीएको युनिटले गत शनिवार राजधानीमा एक कार्यक्रको आयोजना गरी चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको थियो ।