भोला अधिकारी
काठमाडौं, ८ साउन । आगामी भदौ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो ।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।
‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाउँको भएको फिल्म उत्कृष्ट बनेको बताए । उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिएपनि त्यस्तो कतै नमिल्ने बताए । उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकार दिए ।
कलाकार अनुपविक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।
नाटक क्षेत्रमा क्रियाशिल रहेका कलाकार नाजिर हुसेनको प्रमुख भुमिका रहेको यस फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउदै आइरहेको कार्यक्रममा जानकारी गराए । यो ‘वीर विक्रम’ चलचित्र पनि फरक शैलीमा प्रस्तुत गराएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रका बारेमा बोल्दै भने, नेपाली फिल्ममा नयाँ सोचको आवश्यकता रहेको बताए । मिलनले यस अघि बनाएको हँसिया नि फरक धारको रहेको थियो राइले भने । कार्यक्रममा गायक राजेश पायल राई,कलकार दयाहाङ राई लगाए एक दर्जन कलाकर्मीको सहभागीता रहेको थियो ।
यसअगाडि ‘हँसिया’ फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ भने यस चलचित्रमारेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ ।