Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कांग्रेस बोतल पखालेको रक्सी पिउदैन


(डिगबहादुर लिम्बू, कांग्रेस सांसद)

मोरङबाट माओवादी नेता वर्षमान पुन (अनन्तको जमानत जफत बनाएर ०७० को चुनाव जितेका डिगबहादुर लिम्बूले संसद नचलेको फाइदा उठाउन आइतबार विहानै जिल्लाको बाटो तताए । सोमबार कानेपोखरीबाट लेटाङ हुँदै उत्तरतिर लम्किए ।

जाँते, रमितेखोला, बारङ्गी, सिंहदेवी, भोगटेनी हुँदै धनकुटासंग सिमाना छुने राजारानी पहाड उक्लिएपछि जनआस्थाको सम्पर्कमा आए । त्यहाँबाट भेडेटार, धरान हुँदै राति ११ बजे विराटनगरमा बास बस्न पुगेका डिगबहादुर हिजो मंगलबार विहानै काठमाडौंका लागि उडे र, भेटिए जनआस्थासंग । अघिल्लो दिन उर्लाबारीबाट मधुमल्ला र टाँडीको उकालो पार गरेर थाकेका थिए । डिगबहादुर यस्तो हस्याङफस्याङमा हुँदा यता काठमाडौंमा माओवादीले ओली सरकार छाड्ने, कांग्रेसले छाडेपछि नयाँ समीकरणबारे कुरा गर्ने प्रसंग चर्किरहेको थियो । उनी परे, देउवाका खास सांसद ।

कोइरालाहरुको बिरासत मोरङ जिल्ला । त्यहाँको कांग्रेस राजनीतिमा अरुले नचियाए पनि हुन्छ भन्ने मान्यता राखिन्थ्यो । तर, डिगबहादुरले जिल्ला सभापति जिते, पहिलोपटक कोइराला निवास बाहिरबाट । हल्ला र धेरथोर वास्तविकता पनि हुनसक्छ, कांग्रेस सरकारमा गएछ भने उस्तै परे राज्यमन्त्री भए पनि पाइएला भन्ने छ ।
० एकचोटि माओवादीबाट धोका भइसकेपछि फेरि उसैको फेरो समाएर किन सरकार गिराउने खेलमा कांग्रेस लागेको ?
( हिजोका दिनमा प्रचण्ड आफै ब्याक हुनुभएको हो । मान्छेहरु कांग्रेसमा समस्या देख्छन् । कांग्रेसका कारण सरकार ढल्न लागेको कमेन्ट गर्छन् । तर, सरकार ढाल्न सत्तासाझेदार पार्टीका शीर्ष नेताहरु नै दौडिरहेका छन् । हामीलाई सधैभरी प्रचण्डको फेरो समाएर हिाड्नुपर्ने अवस्था छैन । परिस्थितिले प्रचण्डको फेरो समाउनुपर्ने बनाएको मात्र हो ।

० ओलीकै सरकारमा कांग्रेस गए यही नै राष्ट्रिय सरकार बन्दैन र ?

( पहिले त्यसखालको परिस्थिति नै बनेन । अहिले हामी यो भद्रगोल सरकारमा किन जानु ? जो आफै दलदलमा छ, त्यो दलदलमा गएर कांग्रेस फँस्न चहादैन । अहिले राष्ट्र नै कठिन परिस्थिति र दलदलमा छ । यस्तो अवस्थामा यो सरकारमा कांग्रेस सहभागी हुनु भनेको अर्को दलदलमा फस्नु हो । आफू अप्ठ्यारो ठाउँमा बस्ने, अनि त्यही अप्ठ्यारोमा आइज भन्दा को जान्छ ? केटाकेटी पाराको यो आह्वान न तर्कसम्मत छ, न व्यवहारिक ।

० तपाईंहरुलाई सहज हुने सरकार कहिलेसम्म बन्ला ?

(यो कुनै कारोबार गरेजस्तो आज, भोलि, यति घण्टा, उति मीनेट भनेर हिसाब निकालिने चिज होइन । राजनीतिमा समय तोक्न नसकिदो रहेछ ।
० एउटा कम्युनिष्टको सरकारलाई ढाल्ने, अनि अर्को कम्युनिष्टलाई हातमा लिने । यो खेलो टिक्छ त ?
( कम्युनिष्ट ढाल्ने भन्दा पनि हाम्रो बुझाई हो, संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार । कांग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउामा रहे भने मात्र राष्ट्रिय सरकार बन्नसक्छ । दलीयभन्दा पनि राष्ट्रिय मुद्दालाई उठाएर अगाडि आउनु पर्याे । यदि प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने हो भने खुलेर भन्न सक्नुपर्याे । के कुराचाहिँ प्रष्ट छ भने, ओली सरकार ढालेर प्रचण्डकै नेतृत्वमा सरकार बनाउँदा तात्विक अन्तर आँउदैन । उही स्वादको रक्सीमा बोतल पखालेजस्तो मात्रै हुन्छ । कांग्रेस बोतल पखालेको रक्सीको पक्षमा छैन । संविधान कार्यान्वयनको शर्तमा राष्ट्रिय सहमतिको सरकार हाम्रो मान्यता हो ।

० त्यस्तो सरकार प्रचण्डलाई अघि सारेर कसरी बन्छ त ?

( यस अगाडि पनि कांग्रेस र एमालेको सरकार थियो । माओवादी प्रतिपक्षमा थियो । यसको मतलव हो नेपाली कांग्रेस र एमाले मिलेको खण्डमा राष्ट्रिय सरकार बन्न सक्छ । हाम्रा अगाडि धेरै चुनौती छन् । हिजो कांग्रेस नेतृत्वमा संविधान बन्यो । त्यस्लाई सबै मिलेर कार्यान्वयन गर्न सक्नुपर्छ । अहिलेको यस्तै गञ्जागोलमा रहने हो भने अरु धेरै चुनौति आउन सक्छन् । साँच्चै नै राष्ट्रिय सरकार निर्माण गर्न चाहेको हो भने खुल्ला छलफल चलाउनुपर्याे । सधैको कोठे बैठक, व्यक्ति—व्यक्तिका खासखुसले मात्र राष्ट्रिय सरकार निर्माण हुन सक्दैन । सीमांकन र मधेशको मुद्धा पेचिलो बन्दै गएको छ । यस्तो गम्भीर विषयलाई हावामा उडाइँदैछ । सबै पार्टीले यो कुरालाई गभ्भीर रुपमा लिनु आवश्यक छ । हामीले पनि पार्टीमा कुरा उठाएका छौ ।
० कांग्रेस र एमालेबीच अहिले नमिलेका कुरा के हुन् ?
( जोगी देखे भैंसी डराउने, भैंसी देखे जोगी डराउने यस्तै हो, कांग्रेस—एमालेको आजको सम्बन्ध । हिजो नेपाली कांग्रेस र एमालेले मिलेरै संविधान बनाए । कांग्रेस—एमालेबीच हिजो जुन विश्वासको वातावरण थियो, आज त्यो रहेन । जसले नेतृत्व गरेपनि उत्तिकै चुनौति छ । हिजो नौ बुादे सहमति हुँदा माओवादी र एमालेबीच जेखालको सम्झौता भएको थियो, त्यसको कार्यान्वयनका कारण अहिले उनीहरुबीच फाटो छ । हिजो माओवादी प्रतिपक्षी रहेर पनि सरकार बनेकै हो । तर, त्यसो हुनका लागि मधेसवादीको दिल जित्न सक्नुपर्छ । सच्चा कुरा के हो भने, एमाले नेतृत्वबाट अब मधेसवादीको मन फर्किने चान्स सकियो । एमालेले उनीहरुलाई साह्रै हेप्यो । समस्याको समाधान गर्नेभन्दा सरकारका प्रधानमन्त्री नै गालिगलौजमा उत्रिनुभयो । कहिले च्यालेञ्जको भाषा बोल्ने, कहिले व्यंग्य गरेर अण्डरमाइन्ड गर्ने काम स्वयं प्रधानमन्त्रीबाट भएको छ । देशको महत्त्वपूर्ण राजनीतिक हिस्सेदार मधेसीले आफ्ना कुरा उठाइरहादा छिमेकी मित्रराष्ट्र भारतविरुद्धका अभिव्यक्ति दिनसमेत मन्त्रीहरु पछि परेनन् । समस्या हामीकहाँ छ, गाली विदेशीलाई गर्यौ । त्यसैले संविधान कार्यान्वयनमा पनि समस्या भयो । यस्तो अपरिपक्व नेतृत्वबाट देशले निकास नपाउने निश्चित छ ।

 ० निकास के हो त ?

( सबै राजनीतिक दल तथा शक्तिबीच संवादको वातावरण हुनुपर्छ । राष्ट्र नै कठिन परिस्थितिमा रहेको बेला सबै आफ्नो दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रका लागि सोच्न आवश्यक छ । हामी आफ्नो पार्टीको नीति तथा कार्यक्रमको मात्र वकालत गरिरहेका छौ । तर, यतिबेला संविधान कार्यान्वयनको कुरा छ । संविधानमा सबै जनताको स्वामीत्व स्थापित गर्ने कुरा छ । यही नै दुर्भाग्य हो कि, दलहरु आफ्नो बचावमा लागे, देश बचाउने कुरा सोचिरहेका छैनन् । मधेसको मुद्धा एकातिर, संविधान कार्यन्वयन अर्को्तिर, भूकम्प पीडितको पीडाले झन् आहत भइरहेको छ । यस्तो अवस्थामा सरकारमा बस्नेहरुले आफ्नै सेवा सुविधाबारे मात्र सोच्नु, तर जनताका सेवा तथा सुविधाको कुरै नसोच्नु लज्जाजनक कुरा हो ।  
० तपाईंहरु सरकारमा हुँदा संविधान कार्यान्वयन हुने, अरु हुदाँ नहुने हो ?
( यही चक्करका कारण त राजनीतिप्रति आमजनतामा वितृष्णा छ । आकर्षक कार्यक्रम घोषणा गर्ने, तर कार्यान्वयन गर्न नपाउने ६—६ महिना नपुग्दै सरकार फेरबदलको खेलले हामी झन्झन् तल झर्दैछाँै । त्यसमाथि सरकारको कार्यशैली समाधानउन्मुख नभएर समस्या बढाउनेतिर छ । संविधान कार्यान्वयनमा कांग्रेस कदापि बाधक होइन । असन्तुष्टिहरु व्यवस्थापन गर्ने जिम्मा त सरकारको हो नि  तर, विभिन्न दल, वर्ग र समुदायमा देखिएका असन्तुष्टि हल गर्नेतर्फ सरकारले कुनै कदम चालेन । पेलेर जाँदा हुन्छ भन्ने मानसिकता पाल्यो ।


० मतलब, यो सरकार माओवादी हैन, कांग्रेसको डिजाइनमा फेरिदैछ ?

( अहिले प्रतिपक्षमा रहेका कारणले पनि सरकार परिवर्तनमा कांग्रेसको चलखेल रहृयो भन्ने धेरैको बुझाइ छ । मौका पायो भने सत्ताका लागि दौडनु प्रतिपक्षको धर्म नै हो । तर, त्यो भ्याकुम त अहिले नेतृत्व गर्नेहरुले नै सिर्जना गरेका हुन् ।


० बारम्बार संसद अवरुद्ध गरिरहनुभएको छ । यही हो त जिम्मेवार प्रतिपक्षको भूमिका ?

( सरकारले कमिटमेन्ट गरेको कुरा पूरा गर्नुपर्यो । जनता आहत छन् । हामीले त्यही कुरा ध्यानाकर्षण गराउन खोजेका हौ । संसदीय प्रणालीमा यसलाई अनौठो मान्नु पनि भएन । एमालेको नेतृत्व हुँदा मात्र संसद अवरुद्ध हुने, अरुको नेतृत्व हुँदा अवरोध नहुने भन्ने होइन । प्रतिपक्षीले आफ्नो विचार राख्ने नै भयो । तर, सरकार लचिलो भएर प्रस्तुत हुनुर्पयो ।


० ओली सरकारले ल्याएको लोकप्रिय कार्यक्रमका कारण तपाईंहरु झस्किनु भएको भनिन्छ । कति सत्य हो ?

( हरेक वर्ष बजेट आउछन् । ती बजेटसाग यो बजेटलाई तुलना गर्दा भन्नलाई मात्रै लोकप्रिय होला । आफ्नो चिजलाई आफैले लोकप्रिय भनेर हुन्छ ? यो बजेटलाई एमालेहरुले मात्रै लोकप्रिय भनेका छन, अरु कसैले भनेका छैनन् । यो वितरणमुखी बजेट हो । कनिका छरेजस्तो । यसले खासै परिणाम दिदैन । ढुकुटीमा पैसा जम्मा गर्न सकियो, दातृ निकायले पत्याए भने ठीकै छ । सरकारमा बसेकै पार्टीका मान्छेहरु वितवरणमुखी बजेट आयो भनिरहेका छन् भने कांग्रेसले त्यो बजेटको आलोचना गर्न किन नमिल्ने ?   


० तपाईंहरुको आफ्नै पार्टीमा भद्रगोल छ, विधानअनुसार जेठमै गर्ने भनिएको पदाधिकारी छनोट हुन सकेको छैन । अरुको भद्रगोलमात्र केलाइरहने ?

( नयाँ नेतृत्व स्थापित हुदै गर्दा काम गर्न पनि गाह्रो हुदोरहेछ । प्राविधिक, आन्तरिक कुराको व्यवस्थापनले अल्झाइरहदो रहेछ । जेठमा पूरा गरिने भनिएको हो । विधानअनुसार जेठभित्र पदाधिकारी मनोनयनले पूर्णता पाउनु पनि पर्ने हो । केही व्यावहारिक कुराले गर्दा गाह्रो भएको छ ।

० खुमबहादुरलाई उपसभापति बनाउनैपर्ने दबाबका कारण सभापतिलाई अप्ठ्यारो परेको भनिन्छ नि ?

( खुमबहादुरसंग यसअगाडि पार्टी सभापतिको अण्डर स्ट्यान्डिङ भएको हो । पार्टीमा उहाँको त्याग, देनको अवमूल्यन गर्न मिल्दैन । उहाँकै कारण पदाधिकारी चयनमा अप्ठ्यारो परेको भन्ने मान्न तयार छैन । सभापतिज्यू संग भएको सल्लाहअनुसार नै उपयुक्त जिम्मेवारी छिट्टै दिनुहुन्छ भन्ने लाग्छ ।
० कोइराला खेमाको चकचकी रहेको मोरङमा देउवा खेमाको मान्छे पार्टी सभापति पनि हुनुहुन्छ । काम गर्न कत्तिको अप्ठ्यारो छ ?

( समय सधै एकनासको हुदैन । हिजो राणा शासन थियो । त्यो ढल्यो । पञ्चायत पनि ढल्यो । हुँदाहुँदा राजतन्त्र ढलिसकेको छ । यदि ती परिवर्तनलाई स्वीकार्ने हो भने एउटा जिल्लामा एउटै समीकरणको राजनीति सधौ चल्दैन भन्ने कुरा पनि स्वीकार्नै पथ्र्यो । मोरङ कांग्रेसका साथीहरुले सुझबुझ प्रयोग गर्नुभयो । मैले के पाएँ, त्यो ठूलो कुरा भएन । अब मोरङ कांग्रेस कसरी सुदृढ हुँदै जाने, कसरी हिजोको एकछत्र बर्चस्व फिर्ता ल्याउने भन्ने कुरा मुख्य हुन्छ । खास गरी मेरो भूमिका भनेको सधै जिल्ला केन्द्रित हुने हो । हिजोका सभापतिहरु केन्द्रकेन्द्रित हुनुभएर पो हो कि, उहाँहरुको समीकरण बिग्रिएको । म त एक दिन फुर्सद पाउदा पनि मोरङ झरिहाल्ने मान्छे परे ।
                                                                  
                                                        जनआस्था साप्ताहिक बाट साभार

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget