सुनसरी, साउन १२ गते।
सुनसरीको धरान-२१ बाट प्रहरीले मंगलबार २६ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ। अञ्चल प्रहरी कार्यालय कोशीबाट सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई धरानका दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटा छिन्ताङ-८ बस्ने २६ बर्षिय राज कुमार सार्की, सोही ठाउँका २० बर्षिय राज सार्की, २६ वर्षिय साजन राई, १७ बर्षिय डम्बर राई, खोकु-३ बस्ने २३ बर्षिय रुद्र राई र महाभारत-९ बस्ने २० बर्षिय सुजन राई रहेका छन्।
प्रहरीले उनीहरुले प्रयोग गरेको को ९ प ६३५३ नम्बरको मोटरसाइकल र पाँच थान मोबाइल सेट समेत बरामद गरेको छ। गाँजासहित पक्राउ परेका ६ जनालाई आवश्क अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।