काठमाडौं, असार १८ – नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अब हवाइ इन्धनको मूल्य प्रतिलिटर ९९ रुपैयाँ पर्ने छ ।
शुक्रबार रातिदेखि लागु हुने गरी निगमले आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य घटेकाले निगमले यस्तो निर्णय गरेको हो । रासस