Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन

Parliament-Building of Nepal११ साउन, काठमाडौं । व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ ।
संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रष्ट व्यवस्था नभएको भन्दै सरकारले सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले सोमबार अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् ।
त्यसको भोलिपल्टै मंगलबार बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि संसदमा पेश भएको थियो ।
छलफलका क्रममा कांग्रेस नेताहरुले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको बताए । तर, राजनीतिक निकासका लागि अनुमोदन गर्ने भन्दै आलोचनात्मक समर्थन गर्ने बताए ।
छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । उनले नयाँ सरकार बन्न सक्छ कि सक्दैन भन्ने अन्योलता अन्त्य गर्ने गरी सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको बताए ।
लगतै संसदले बहुमतले बाधा अड्काउ फुकाउ आदेश अनुमोदन गरेको छ । संसदको बैठक यही साउन १७ गते दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget