Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अनिलाको ‘बादलसँगै’ (भिडियोसहित)

काठमाडौं, ३० असार । गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन् । एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर अँगाल्दै आएकी अनिलाले आफ्ना श्रोता एव दर्शकका लागि ‘बादलसँगै...’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन् । ‘बादलसँगै...’ भिडियोलाई मंगलबार एक भव्य समारोहबीच सावर्ज निक गरिएको हो । रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित समारहमा ‘बादलसँगै...’ गीतको भिडियोलाई अहिलेका चर्चित गायक राजेशपायल राई, दीपक लिम्बू, संगीतकार तथा प्राज्ञ शान्तिराम राइर्लगायतले सार्वजनिक गरेका थिए । गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समावेश यस गीतलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । छायांकन समेत नविनबाबुकै रहेको यस डियोलाई यु–ट्युब र टेलिभिजनमार्फत एकसाथ सार्वजनिक गरिएको हो । अनिलाको ‘स्वरांकन’ एल्बम केही समयअघि मात्र सार्वजनिक गरिएको थियो । दोलखाको सैलुङ डाँडा, काठमाडौं र बेलायतमा समेत छायांकन गरिएको ‘बादलसँगैं...’ भिडियोमा सम्पदा बानियाँ र नरेन खड्काले अभिनय गरेका छन् । सैलुङ डाँडा र बेलायतको रमणीय दृश्यले भिडियोलाई थप उत्कृष्ट बनाएको छ । कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राई भिडियो एकदमै उत्कृष्ट बनेको बताए । उनले भने, ‘बादलसँगै गीतको उत्कृष्टता जस्तै भिडियो पनि राम्रो बनेको छ ।’ सैलुङ डाँडा यस भिडियोका लागि भजिर्न स्र्पोट भएको बताउँदै उनले भने, ‘गीतका मोडल सम्पदा र नरेनको अभिनय पनि उत्कृष्ट लाग्यो ।’ गायिका अनिलाकै शब्दरचना र हेको ‘बादलसँगै...’ गीतको संगीत पनि शान्तिरामले नै गरेका हुन् । त्यस्तै, गायक राजेशपायल राईले पनि भिडियो उत्कृष्ट लागेको बताए । ‘भिडियो साँच्चीकै राम्रो बनेको छ’ उनले भने, ‘यस गीतले अनिलालाई थप चर्चामा ल्याउने छ भन्ने मलाई लागेको छ ।’ कायर्क्रममा भिडियोका निर्देशक तथा फोटोपत्रकार नविनबाबुले ‘बादलसँगै...’ छायांकन ताकाको अनुभव सुनाएका थिए । ‘यो भिडियो निकै कठिनका साथ निर्माण गरेका छौं’ उनले भने, ‘तर मिहिनेत गरेअनुसार भिडियो राम्रो बनेको छ ।’ मोडल सम्पदाले पनि भिडियो सुटका क्रममा सैलुङ डाँडा पुग्दा अनुभव सुनाएकी थिइन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget