Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पत्रकार माथी, सुस्माको आक्रोस,


भोला अधिकारी
काठमाडौं, १२ साउन । अभिनेत्री सुष्मा कार्की अभिनीत फिल्म  संजोग’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही समययता कुनै फिल्म नदेखिएकी  सुष्मा पनि सुहभागी भइन् । उत्त कार्यक्रममा भने, उनी पत्रकारसँग खुसी देखिएनन् । कारण थियो, कार्यक्रममा संञ्चारकर्मी समीर बलामीले सोधेको एक प्रश्नमा । उनीमाथि प्रश्नै गर्न हुन्नथ्यो ।प्रश्न गर्यो की उनी रिसाइ हाल्थिन ।


       रंग पत्रकार बलामीले उनलाई ‘चलेछ बतास सुस्तरी’ पछि तपाईको खासै फिल्म छैन । पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । के ‘संजोग’ ले तपाईलाई फेरी स्थापित गराउन सक्ला र भनि प्रश्न गरेका थिए ।‘। जवाफमा सुष्माले ‘चलेछ बतास सुस्तरी’ सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो बारेमा पत्रकारलाई चासो नलिन आग्रह गरेकी थिइन् । ‘म के काम गर्छु यसबारे तपाईहरुलाई के मतलब’ सुष्माको आक्रोश थियो, ‘मैले फिल्म पाएनि, नपाएनी के भो ।  संजोग’यहि शुक्रबारबाट रिलिज हुँदैछ । सुष्मा अभिनीत फिल्म निकै समयको अन्तराल पछि रिलिज हुन लागेको हो ।
     
सुष्मा पछिल्लो केही समययता चलचित्रमा भन्दा स्टेज कार्यक्रमतिर व्यस्त देखिँदे आएकी छन् । भिडियो तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएकी सुष्मालाई फिल्म नपाएको झोक पनि पोखेको हुनसक्छ । उमेश उप्रेती निर्मित ‘संजोग’ मा सुष्मा पहिलोपटक सविन श्रेष्ठसँग अभिनय गदैछिन् । संयोग चलचित्र नारी प्रधान एक्शन रहेको कार्यक्रमा बताइएको छ । त्यस्तै निर्माता उप्रेतीका अनुसार चलचित्रमा त्रिकोणात्म्क प्रेमकथा रहेको छ । ‘संजोग’ लाई दर्शकले कति रुचाउँने हुन त्यो हेर्न भने रिलिज समय कुर्नै पर्छ । यो चलचित्र सफ हुने दावी निर्माणपक्षको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget