
“तिमीले धोका दिएर नै ”को भिडियो सार्वजनिक
विराटनगर ९ साउन । अन्जु पन्तको स्वर ,ओमप्रकास राईको संगीत तथा संगीता वायुङको शव्दमा रहेको गीत “तिमीले धोका दिएर नै” को भिडियो सार्वजनिक भएको छ ।
प्रवलदिप विश्वासले निर्देशन गरेको भिडियोमा कलाकारहरु विरेन्द्र कुमार साह , सन्तोष बास्तोला , सम्झना दर्नाल र दक्षिना भट्टराईले अभिनय गरेका छन् ।
सङस नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोलाई दर्शकले रुचाएका छन् ।
