Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङका किसानहरु कागती खेती तर्फ आकर्षित




मोरङमा कागती खेती गर्ने किसान बढ्न थालेका छन् । कागती खेतीको नेपालमै बजार राम्रो भएको र नाफा पनि मनग्य हुने भएकाले जिल्लामा कागती खेती गर्ने किसान बढ्न थालेका छन् । पहिले कागती खेतीबाट पनि आम्दानी हुन्छ र भन्ने कृषकले धमाधम जमिन भाडामा लिएर कागती खेती सुरु गरेका छन् । पढेलेखेका युवा कृषक कागती खेतीतर्फ आकर्षित भइरहेको मोरङका वागवानी अधिकृत काशीकुमार चौधरीले बताउनु भयो । कृषि विकास कार्यालय मोरङका अनुसार कागतीको बगैँचा खेतीमा किसानको आकर्षण बढ्न थालेको छ । कृषि कार्यालयका अनुसार पहिले कोठेबारीमा मात्र सीमित भएको, तर हाल मोरङमा करिब १ सय ७० हेक्टरमा कागतीको खेती हुन थालेको छ । सिजुवा, टाडी, मधुमल्ला, कटहरी, विराटनगरलगायतका विभिन्न स्थानमा बगैँचाका रूपमा कागती खेती हुन थालेको छ । वागवानी अधिकृत चौधरीले बगैँचा बनाएर कागती खेती गर्नेलाई कृषि कार्यालयले तालिम र अनुदान सहयोग गरेर प्रोत्साहन गर्ने नीति बनाएको जानकारी दिनुभयो ।   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget