
काठमाडौं, असार १८ – धादिङमा दुई दिनदेखि पहिरोमा फसेका १९ जनाको अझै उद्धार हुन सकेकेको छैन । खराब मौसमका कारण धादिङको री गाविसको चेप्राङमा फसेको ५३ घण्टा भइसक्दा उनीहरुको उद्धार गर्न नसकेको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले बताउनुभयो ।
बुधबार राति पहिरो खसेपछि ६ घरका १९ जना फसेका हुन् । उनीहरुको उद्धार गर्न तयारी अवस्थामा बसेपनि खराब मौसमका कारण कठिनाई भएको उहाँले बताउनुभयो ।
‘जोखिम मोलेर जान सक्ने अवस्था छैन पानी रोकिएपछि उनीहरुको उद्धार हुन्छ’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले भन्नुभयो ।
उहाँका अनुसार री गाविस वरिपरि पहिरो खसेपछि त्यहाँका घर नै जोखिममा परेको छ । धादिङको सदरमुकाम धादिङबेसीबाट प्रभावित ठाउँ पुग्न दुई दिन लाग्ने उहाँले बताउनुभयो ।