
मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोही ठाउँ बस्ने उनले आफ्नो किराना पसलमा प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा प्रहरीले सो पेस्तोल बरामद गरेको हो । पेस्तोलसहित पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ ।