Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाढीपीडितलाई राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण

Samsad११ साउन, काठमाडौं । केहि दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीले तराईका जनता विचल्लीमा परेको भन्दै सांसद्हरुले राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा शून्य र विशेष समय लिएर बोलेका सांसद्हरुले डुबानमा परेका जनताको तदारुकता साथ उद्दार गरी उनीहरुलाई खानेकुरा र अन्य अत्यावश्यकीय वस्तु उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद्हरुले डुबानमा परेका क्षेत्रहरुमा झाडापखालाको महामारीको संभावना रहेको भन्दै डुबानमा परेका जनतालाई निःशुल्क उपचारको सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।
उनीहरुले डुबानमा परेका जनताले आतपकालिन बसोबासका लागि त्रिपालसम्म पनि पाउन नसकेको भन्दै डुबान प्रभावितहरुलाई तत्काल बसोबासको प्रबन्ध गर्नका लागि सरकारलाई रुलिङ्ग गर्न सभामुख ओनसरी घर्तीसँग आग्रह गरे ।
सांसद्हरुले बाढीबाट हरेक वर्ष तराईका जिल्लाहरु डुबानमा पर्दै आएपनि पूर्व तयारीमा ध्यान नदिएको भन्दै सरकारको आलोचना समेत गरे ।
बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले भारतले एकतर्फी रुपमा बनाएको वाँध र तटबन्धका कारण तराई क्षेत्र डुबानमा परेको बताए । उनले यस विषयमा आफ्नो पार्टीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे ।
केही दिनयता आएको बाढीका कारण तराईका जिल्लाहरुमा सयौं घर परिवार विस्थापित भएका छन् । सांसद्हरुले बाढीबाट कति परिवार विस्थापित भए र के कति क्षति भयो भन्नेबारेमा यथाशीघ्र जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget