आगोपाटी इटहरी

गायिका प्रजिता दंगालले तीजको म्युजिक भिडियोले चर्चा दिनानु दिन बटुल्दैछ । पूर्व क्षेत्रकी चर्चित गायिका प्रजिता दंगालले तीजको म्युजिक भिडियो निर्माण गरेकी छन्। ‘आफ्नो त ढले बुढा कोदोपानीले…’ बोलको गीतको म्यूजिक भिडियो गायिका दंगालले हालै सार्वजनिक गरेकी छन्।
बिशेषत इटहरी धरान दमक मा अहिले प्राजिताको गितलाई समय सुहाउदो गित भन्ने गरेका छन । इटहरी धरान दमक लगायतका गायीका हरुले प्रजिताको गितलाई राम्रो प्रतिक्रिया दिईरहेको पाइन्छ ।
हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर उनले यो म्युजिक भिडियो निर्माण गरेकी बताइन्। रक्सीले मातेर हिँड्ने श्रीमानबाट श्रीमतीलाई पर्ने समस्या गीतमा समेटिएको छ। समाज भेला भएर श्रीमानलाई माफी मगाएर सुधारेको हाँस्यशैलीमा गीतको म्युजिक भिडियो तयार पारिएको निर्माता कपील दंगालले बताए।
भूपेन्द्र तिम्सिनाको संयोजनमा हरेन्द्र खत्रीको निर्देशन, मात्रिका पौडेल र शिशिर बुढाथोकीको सह–निर्देशन र सागर पौडेलको छायांकनमा म्युजिक भिडियो तयार पारिएको हो। म्युजिक भिडियोमा सरोज तिम्सिना र गायिका दंगालले पनि अभिनय गरेकी छन्। गायिका दंगालको एक दर्जन भन्दाबढी गीत रेकर्डिङ भइसकेको छ।