
अर्जुन गुरागाई इटहरी
पुर्वमा अहिले सुगम गुरागाईको निकै चर्चा हुने गरेको छ । उनले अभिनय गरेको फिल्मको प्रोमो र गित रिलीज भए सगै पुर्वका फिल्मी दर्शकले उनको बारेमा धेरै राम्रो प्रतिक्रिया दिईरहेका छन । पूर्वेली नवनायक सुगम गुरागाईंले पहिलो पटक अभिनय गरेको चलचित्र ब्रासलेट प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रमा अभिनय गर्नु भन्दा पहिला सुगमले पुर्वको दमकको हिमशिखर टेलिभिजनबाट प्रशारण हुने केहि टेलिसिरियलमा अभिनय गरिसकेका छन् ।
बिशेष गरेर पुर्व तिरका धेरै दर्शकहरुको मन जित्न सफल भएका सुगमले अब ब्रासलेट चलचित्रबाट सबै तिरका दर्शहरुको मन जित्ने सुगम धेरै आशा बादी छन् । बरिष्ठ निर्माता तथा कलाकार केशब भट्टराईले निर्माण गरेको र निर्देशक निर्मल शर्माले निर्देशन गरेको चलचित्र ब्रासलेटमा सुगम नायक रमेश उप्रेती, रजनी केसी र नम्रता सापकोटासंग अभिनय गरेका छन् । भदौको १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ब्रासलेटको प्रचार प्रसारमा लागेका सुगम अहिले केहि म्युजिक भिडियोहरुमा समेत काम गर्न ब्यस्त छन् । भर्खर मात्र सुगमले निर्देशक सुदिप बरालले निर्देशन गरेको भिडियोमा मोडल सम्पदा बनियासंग पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायांकन भएको भिडियोमा अभिनय गरेका छन् । सुगम गुरागाईं झापा दमकका बासिन्दा हुन् ।
