Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुर्गन्ध पिडीत संग कांग्रेसको अन्तक्रिया

विराटनगर ३० असार ।  झिंगा र दुर्घन्धबाट आतंकित मोरङको सोराभाग र छिमेकी गाउँका बासिन्दाको समस्याका विषयमा नेपाली कांग्रेस मोरङ्गले जनता संग संवाद कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मोरङका सभापति तथा सांसद डीगबहादुर लिम्वुको नेतृत्वमा गएको टोलीले दुर्गन्धवाट पिडित जनताको गुनासो सुनुवाई गरेको छ ।



विराट पोल्ट्री फार्मबाट निस्कने दुर्गन्ध र झिंगाका कारण केही दिन अगाढी देखी बढ्दै गएको उत्पन्न बिवादले उग्र रुप लिएको छ । अहिले पनि स्थानिय जनता आक्रोशित छन् । जनताको गुनासो सुनुवाई कार्यक्रममा बोल्दै कांग्रेस सभापति तथा सांसद लिम्वुले जनताले पाएको कष्टका विषयमा कांग्रेसले आवाज उठाइरहने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस मोरङमा सचिव नागेश कोइराला ,कांग्रेस नेता मोदराज घिमिरे ,कांग्रेस जिल्ला सदस्य राजेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।


यसै गरी कांग्रेस मोरङले विराट पोल्ट्री फर्मको अनुगमन समेत गरेको छ ।  अनुगमनका क्रममा पोल्ट्री फर्मका प्रबन्धनिर्देशक डा सदानन्द देवले फर्मवाट उत्पन्न समस्या चाढो भन्दा चाढो हल गर्ने प्रयासमा रहेको बताउनु भयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget