Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विषालु फल खाँदा १५ बालबालिका बिरामी


विराटनगर, असार २९ ।
 
मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् । सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 
 
उनीहरु खेल्नेक्रममा चम्पा (जरकर्नेल) फूलको फल खाएपछि बिरामी परेका हुन् । 
 
सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget