सुप्रिया राई असार १८
इटहरी÷इटहरीमा शनिवार महिला स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।प्रगतिशिल आमा समुह,परिवर्तन आमा समुह,कौसिकी आमा समुह,सन्ध्याकिलिन महिला कृषी सहकारी संस्थाहरुको संयुक्त आयोजना तथा इटहरी उपमहनगरपालिकाको सहयोगमा एकदिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिकाका प्रतिनिधि महेश सुवेदिको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा धरान वि.पि.कोइराला विज्ञान प्रतिस्ठान का डाक्टरहरुले सेवा दिनु भएको उक्त कार्यक्रममा इटहरी आसपासका १८२ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराउनु भएको थियो भने समाजसेवि लोकेन्द्र सञ्जेल,प्राचार्य नारायण सञ्जेल, दर्पण क्लवका रुपेस भट्टराई लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व प्रगतिशिल आमा समुहका अध्यक्ष मेनुका खतिवडाले गर्नु भएको थियो ।