
‘धुर्मुस–सुन्तलीले एकदमै राम्रो काम गरिरहनु भएको छ,’ ऋचाले सेतोपाटीसँग भनिन्, ‘पोहोर सालको जन्मदिनमा म नेपालमा थिइनँ त्यसैले सामान्य तरिकाले मनाएँ। यस वर्ष उहाँहरुलाई सहयोग गर्नु नै मेरो ‘बर्थडे सेलिब्रेसन’ हो।’ यद्यपि, शनिबार घरमा रुद्री पुजा लगाएर उनले जन्मदिन मनाउने छिन्।
सहयोग गर्न जाँदा धुर्मुससुन्तलीलाई सुरुमा त पत्यार नलागेको ऋचाले बताइन्। उनले भनिन्, ‘मैले कसैको सहयोग हस्तान्तरण गर्न लागेको सोच्नुभएको रहेछ। पछि आफ्नै सहयोग भन्ने थाहा भएपछि अचम्मित हुनुभयो।’