सुनसरी, साउन १३ गते ।
सुनसरीको पूर्वकुसाहा-८ स्थित अन्नापूर्णा डिष्टिलरीका एक सुरक्षागार्डको बुधबार करेन्ट लागेर मृत्यु भएको छ। पाँचथर भारपा-५ घर भएका ३७ बर्षिय नर बहादुर तामाङलाई सफाई गर्ने क्रममा बुधबार विहान १० बजे करेन्ट लागेको थियो। गम्भीर घाइते भएका तामाङको न्युरो अस्पताल विराटनगरमा उपचारकाक्रममा अपरान्ह २ बजे मृत्यु भएको हो। घटनास्थलमा प्रहरी चौकी रामगन्जबाट खटि गएको प्रहरी टोलीबाट कानूनी प्रकृया सम्पन्न गरिए छ।