Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ख्वापामा लोभ


काठमाडौ ३ । काठमाडौको जोरपाटीको नयाँबस्तीमा रहेको ख्वापा नाट्यशालमा  नाटक  लोभ मञ्चन भएको  छ । स्कुलका भाईबैनीहरुलाई लिएर उत्त नाटक मञ्चन गरिएको हो । बालबालीकालाई लोभ गर्नु हुँदैन भन्ने सन्देश मुलक नाटक वालबालीकालाइ नै देखाइएको थियो । नाटकलाई शनिबार मात्र एक सो मात्र मञ्चन गरिएको छ ।



   नाटकमा एक तराइमुलको एक  पोके व्यापारी हुन्छ । उ तन्ना सिरकको खोल बेच्न गाउ पस्छ । त्यसै बेला उस्को पैसा हराउछ र मेरो पैसा हरायो खोजीदिन’ पर्यो भन्दै महाराज कहाँ जान्छ । महाराजले ठिक्छ म खोजी दिउला भन्दै उस्लाई घर जान आग्रह गर्दछन् । उस्ले हराएको पैसा बजारबाट अअउदै गरेकी एक बुढी आमाले भेट्छिन् र घरमा जान्छिन । घरमा पुगे पछि आफुँले पैसा भेटेको नातीनीलाई सुनाउछिन् । नातिनीले यो पैसा कसैको हराएको रे ,महाराज कहाँ लग्यो भने बकस पाईन्छ रे भनेर सुनाउछिन । त्यसैले उत्त रकम लिएर महाराज कहाँ पुराउँछिन । महाराजले पोकेलाई बोलाउछन् र यो पैसा तिम्रो हो भनि सोध्छन् । पोकेले हो भन्छ । कति छ भनेर महाराजले सोध्छन् । पोकेले अरुलाई बकस दिन नपरोस भनेर पाँच हजारलाई बढाएर  छ हजार छ हजुर भन्छ । महाराजले भन्छन् यहाँ त पाँच हजार मात्रै छ त । हैन हजुर छ हजार नै छ भनी जिद्दी गर्छ । अन्त्यमा पोकेले झुट बोलेका कारण महाराजले पोकेलाई पैसा नदिई त्यही बुढी आमालाई दिन्छन ।

      त्यसै गाउँमा  छुच्ची बुढी हुन्छे । जोगी भिक्षा भन्दै भिक्षा माग्छ । भोली देखी जोगी नआओस भनी भिक्षा त छैन भर्खर खीर पकाएको छु त्यही लैजाउ भन्दै भित्र गएर खीर पस्कन्छे र अलीकती बीस हालेर जोगीलाई दिन्छे । उत्त खीरमा बीस छ भन्ने कुरा जोगीलाई के थाहा र ? त्यो खीर बोकेर कुटीमा लान्छ । साँझ एउटा मान्छे बास पाईन्छ भन्दै बास माग्छ । जोगीले साँझको पाहुना देउता हाृ भन्दै बास दिन्छ । भोकाएको हौला मसँग खानेकुरा दिन्छ । भोकाएको झोकमा खान्छ र खाँदा खाादै छटपटिन्छ र अन्त्यमा मर्छ ।उत्त कुरा गाउँ भरी फैलन्छ र त्यो बुढीले नी थाहा पाउछे रमाउदै उत्त घटना भएको ठाउँमा जाँदा त आफ्नै छोरा भएको देख्छे र आइन्दा लोभ नगर्ने बाचा गर्छे ।
        नाटकलाई विनोद खड्का र रवी कार्काीले लेखेन तथा निर्देशन गरेका हुन । रोसन डोटेल,पुष्पा लामा,सविना सिंह ठकुरी,रिया लामा,अंकित गुरुङ,उमेश लामा,निमा शेर्पा,मनिषा सुनुवार,जुनु तामाङ,दिलीप ओली,सुसागं योञ्जन,बुद्धिमान तामाङ,कविता तामाङ,रुपा मगर,विशाल साप्कोटा,सुशान्त तामाङ लगाएको अभिनय रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget