Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाढी पिडितको सहयोगार्थ सदभावना पार्टीद्वारा राहत संकल्न शुरु


वीरगंज, साउन १३ ,राकेश साह

गत साता आएको बाढी पहिरोले घरबार बिहिन भएका परिवारहरुको सहयोगार्थ सदभावना पार्टीले आज देखि वीरगंजमा  राहत संकल्न शुरु गरेको छ । 
बिशेषगरी तराई मधेसका  बाढी पिडित परिवारहरुको सहयोगार्थ सदभावाना पार्टी वीरगंज नगर कार्य समितीले सो  राहत संकल्न शुरु गरेको हो । वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा वीरगंज स्थित घण्टाघरमा शुरु गरिएको राहत संकल्नलाई पार्टीका सह महासचिव सुरेन्द्र प्रसाद कुर्मीले नगद सहयोग गरि उद्घाटन गरेका थिए । सो अवसरमा पार्टीका पर्सा सचिव राजेश साह, जिल्ला प्रवक्ता भुपेन्द्र तिवारी,   युवा नेताहरु  ईश्वर यादव, धर्मेन्द्र पटेल, जलेश्वर सर्राफ, धुरेन्द्र पटेल, दिव्य प्रकास चर्तुवेदी, दिनेश चौरसिया,गगनदेव यादव , युवा नेता प्रकास सर्राफ ,पर्सा जिल्ला युवा अध्यक्ष शेख मुन्ना, वीरगंज नगर  बिद्यार्थी  अध्यक्ष नुरसिद अंसारी,महिला मंचकी वीरगंज नगर सचिव बिना अधिकारी लगायतकाले विशेष सहयोग संगै नगद आर्थिक सहयोग गरेका थिए । राहत संकल्न कार्यमा वीरगंजका स्थानिय बासिन्दा, बिद्यार्थी, व्यापारी,उद्योगी, समाजसेवी,बजाज रि कन्डीसन हाउसका  प्रतिनिधी, समाजसेवी प्रकास चौधरी, अंकुश दैनिकका पत्रकार बिजय चौहान लगायतकाले नगद सहयोग गरेका थिए  भने युवा समाजसेवी दिव्य प्रकास चर्तुवेदीले कपडा सहयोग गरेका थिए ।  
संकलन हुने जिन्सी एवं नगद रकमलाई वीरगंजमा सार्वजनिक गरी सम्बन्धित जिल्लामा गई पिडितको घरदैलोमै राहत बितरण गर्ने योजना रहेको वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफले बताए । सर्राफले  यस बिषम परिस्थितीमा बाढीपिडितहरुलाई सहयोग गर्न  बिभिन्न संघ संस्था, व्यापारी ,उद्योगी , बिद्यार्थी एवं पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।  साथै राहत संकल्न कार्य बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन गरिने र प्रारम्भिक चरणमा  यो अभियान तिन दिन सम्म संचालन हुने नगर अध्यक्ष सर्राफले बताए । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget