Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नागी डान्स सेन्टरको समर क्याम्प–२०७३

इटहरी, साउन १६ गते । इटहरीको चर्चित नागी डान्स सेण्टरले छुट्टीमा रहेका बालबालिकाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्यले आयोजना गरेको सSAM_8955मर क्याम्प–२०७३ को  दुर्गा पार्टी प्यालेसमा विभिन्न साङ्गीतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
छुट्टीमा रहेका बालबालिकाहरुको मस्तिष्कलाई चुस्त दुरुस्त र सिर्जनशील बनाउनका लागि आवश्यक पर्ने सिर्जनशीलता एवम आफुभित्र लुकेर बसेको विभिन्न सम्भावनालाइ उनीहरुकै सक्रियतामा निSAM_8958खारता ल्याउनका लागि समर क्याम्प आयोजना गरेको नागी डान्स सेण्टरले बताएको छ ।
चालीसजना बालबालिकाहरुले समर क्याँम्पलाई कलाको सिर्जना नृत्य गीत कविता लेखन र सामाजिक जिम्मेवारी कसरी निर्वाह गर्ने र मावनमात्रको कल्याणका लागि कसरी आफुलाई समाहित गराउने भन्ने विषयमा उनीहरुलाई ज्ञान दिईएको थियो ।
समर क्याम्प समापन समारोहमा बालबालिहरुले क्याम्पमा सिकेका विविध पक्षलाई आफ्ना अभिभावकहरुका अगाडी प्रस्तुत गरेर आफ्नो सम्भावना थुप्रै रहेको प्रस्तुत  गरेर अभिभावकहरुलाई अचम्भित तुल्याई मनोरञ्जन समेत दिएका थिए ।
नागी डान्स सेन्टरका सञ्चालक बसन्त बस्नेतको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा गोकुलम रिसोर्टका सञ्चालक सतिस पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget