Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

परिवार नियोजन सङ्घ सुनसरी परिवार नियोजन अस्थायी साधन प्रयोग सम्वन्धि तालिम केन्द्रका रुपमा काम गर्दै

परिवार नियोजन सङ्घको लागि तस्बिर परिणामसुप्रिया राई भाद्र ८
इटहरी÷नेपाल परिवार नियोजन सङ्घ सुनसरीले इटहरीमा सञ्चालनमा ल्याएको परिवार स्वास्थ्य केन्द्रले केही समयदेखि परिवार नियोजन सम्वन्धि अस्थायी साधन प्रयोग सम्वन्धि देशकै तालिम केन्द्रका रुपमा काम गर्दै आएको छ ।जापानको जाईका संस्थाको सहयोगमा एक दशकअघि सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण  सो केन्द्रले एक बर्षअघिदेखि देशभरका चिकित्सकहरुलाई परिवार नियोजन सम्वन्धि क्याक र असिस्टेनका लागि तालिम चलाउँदै आएको हो । पन्ध्र दिने अवधिका क्याक र इनप्लाण्ट र नरप्लाण्ट प्रयोगका विषयमा दक्षता दिलाईने तालिम महिनाको दुई पटक सञ्चालन हुँदै आएको र बर्षभरिमा देशका विभिन्न भाग जस्तै बझाङ बैतडी दाङ सोलु लगायतका जिल्लाबाट तालिममा आउनेहरुलाई तालिम प्रदान गरिदै आएको राउतको भनाई रहेको छ ।परिवार स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर काउन्सेलर पारामेडेक्स रानु राउतका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले तालिमका आयोजना गर्ने तथा अन्य सरोकारवाला निकायले आयोजना गर्ने तालिमका सहभागिहरुलाई आफुले सहजीकरण गर्दै आएको बताउनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget