
नेपाली चलचित्र गाँठोले मोफसलमा प्रचार लाई तिब्रता दिएको छ । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी फिल्मको जानकारी गराएको छ ।
फिल्मका नायक अभय बराल र एग्जुकेटीभ प्रोडुसको उपस्थितीमा फिल्को जानका्री गराएको हो । मौलिक कथा बस्तुमा फिल्म बनेकाले फिल्मबाट आशाबादी रहेको नायक बरालले बताएका छन । साथै फिल्ममा आर्ट को र कभर संग प्रतियोगीता गरेको बताएका छन । मनको गाँठो फुकाउने भिडियो प्रतियोगिता’ नाम दिईएको सो प्रतियोगिता बिजेताले नगद एक लाख रुपैया प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ।

युवापुस्ताका ‘ठेट’ शब्द प्रयोग गरिएको गीतमा अनुपम शर्माको शब्द तथा संगीत रहेको छ । प्रशान्त शर्मा र रञ्जित बस्नेत,सहित शर्माको स्वर सुन्न सकिन्छ । तियोगीतामा भाग लिन चाहनेले यस गीतमा आ–आफ्नो सिर्जनात्मकतामा भिडियो तयार पारेर गाँठोका फेसबुक पेज तथा इमेलमा भिडियो पठाउन सक्ने बताईएको छ । गाँठोको युट्युब च्यानलमा राखिएको भिडियोलाई मात्र प्रतियोगितामा समावेश गरिने छ । चलचित्र रिलिज भएकै दिन बिजेता घोषित गर्दै पुरस्कृत गरिने निर्माण पक्षले जनाएको छ ।
गाठो फिल्म यहि भाद्र ३१ ग्ते बाट देशभर एक साथ लाग्दैछ । होस्टल रिर्टनसका खारीएका कालाकार नाजिर हुसेन तथा अभय बरल साथमा यसै फिल्मबाट फिल्मी नगरीमा प्रबेश गरेको नायीका नम्रता श्रेष्ठको मुख्य भमिका रहेको छ ।

उनीहरुले पुर्वेली दर्शकहरुलाई लक्षित गर्दै प्रचार सुरु गरेका हुन् । पुर्वेली दर्शकमाझ चाहिं कस्तो छ त ‘गाठो को क्रेज ? अभयले, ‘एकदमै राम्रो पाएँ । अझ लम्जुङको मान्छे भए पनि सबैले पुबेली भन्ने गरेकाले पनि यहाँका दर्शकहरु बढी उत्साहित हुनुभएको रहेछ ।’ यस्तै उनले फिल्मको गीतले यहाँका दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय रहेको सुनाए ।