इटहरी,श्रावण २७
अन्तराष्ट्रीय युवा दिवसको अवसरमा इटहरीमा पुननिर्माणमा युवाको भुमीका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सकारात्मक परिवर्तनका लागि युवा र बेटर कम्युनिटी एण्ड फेमेली एसोसिएसन को संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । सुनसरीका विभिन्न कलेजका विद्यार्थी, संस्थाका प्रतिनीधी तथा विभिन्न १७ जना व्यक्तीहरुले कार्यक्रममा भाग लिएका थिए । इटहरी उपमहानगर पालीकाका प्रमुख महेशराज तिमल्सीनाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा कोशी कलेजको छात्रा प्रेरणा तिमल्सीना प्रथम भइन् । साथै कस्तुरी कलेजका सुमन कोइराला द्धितीय र ग्रीनपीस एकेडेमीका अम्बीका खड्का तृतिय भएका छन् । प्रतियोगी वक्ताहरुले देशको भौतिक पुननिर्माणमा मात्र नभएर सामाजिक , आर्थिक र सास्कृतिक पुननिर्माणमा समेत युवाले लाग्नु पर्ने बताएका थिए ।