
अर्जुन गुरागाई
इटहरी साउन २१
नेपालको ७५ वटा जिल्लामा रहेका यातायात क्षेत्रका सम्पुर्ण मजदुरहरुलाई समेटेर नेपाल यातायात संयुक्त मजदुर संघ स्थापना भएको छ ।
आज नेपाल यातायात संयुक्त मजदुर संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारी बरिष्ट उपाध्यक्षहरु दल बहादुर गुरुङ श्रीमती सिता थापा किसान शाक्य केन्द्रिय सचिब उदय श्रेष्ठ तथा सुनसरी जिल्ला अध्यक्ष्य बिर ब तामाङ्ग पशुपति उपाध्यक्ष बिपिन निरौला लागाएतको टोलीले बिभिन्न कार्यलयमा संस्था दर्ताको लिखीत जानकारी गराएको छ । जिल्ला प्रशाशन कार्यलय धनकुटा जिल्ला प्रहरी कार्यलय धनकुटा सरकारी वकिल कार्यलय धनकुटा, पुनरावेदन अदालत धनकुटा जिल्ला अदालत धनकुटा धनकुटा नगरपालीका र धरान धनकुटा सडक खण्डमा पर्ने ट्राफिक प्रहरी कार्यलयमा मा लिखित जानकारी दिएको भण्डारीले जानकारी दिनु भयो ।
टोलीले हिजो सुनसरीमा रहेका विभिन्न सरकारी कार्यालयमा समेत लिखित जानकारी गराएको थियो ।।
नेपाल यातायात सयुक्त मजदुर संघको दर्ता श्रम विभाग मिन भवन काठमाडौमा केही दिन अघि दर्ता भएको थियो ।संघको केन्द्रिय कार्यालय धरानको वरगाछी–८ राखिएकोे छ । र देशको ७५ वटै जिल्लामा क्रमश शाखा कार्यालय स्थपना गरीने संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा काम गदै आएका मजदुरहरुको हक हितकोलागी राज्यले कुनै चासो नदेखाएको र मजदुरहरुले पाउने सेवा सुविधा बाट वञ्चित भएका कारण सम्पुर्ण यातायात मजदुरहरुलाइ विभिन्न सेवा सुविधा को व्यावस्था गर्ने उद्येश्यले नेपाल यातायात मजदुर संघको कार्यालय स्थापना गर्न लागिएको संघका केन्द्रिय अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । त्यस्तै विहीवार टोलीले जिल्ला प्रहरी कार्यलय सुनसरीको हिराशतमा रहेका ना ५ ख ४३८१ मुकुन्द पौडेल र उज्यालो यातायात मे १ ख २०४० का चालक दिलीप कुमार राईलाई भेट समेत गरेको थियो ।।