सुप्रिया राई साउन २९
इटहरी÷ कोशीहरैचा नगरपालिकाको मदर्शा टोलमा रामप्रसाद लम्सालको लेखन र निर्देशमा तयार पारेको सडक नाटक पछुतोले सानै उमेरमा बिवाह गरिदा गर्भवती भएकी बालिकाको सुत्केरी हुदा भएको असामयिक मृत्युको कारुणिक कथा वस्तुलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।गाउँघर र जाती विशेषमा आफ्ना छोराछोरीको सानैमा बिवाह गरिदिने वा सानैमा कुरा छिनिदिने जातीय परम्पराले किशोरावस्थामा पुगेपछि भोग्नु पर्ने समस्यालाई समेटेर तयार पारिएको सन्देशमुलक सडक नाटक पछुतो मुस्लिम समुदायको सघन बसोवास रहेको स्थानमा देखाईएको छ ।बालबालिका अवस्थामा गरिने यस्ता बिवाहले बालिका र बालकबीचमा हुने असान्दर्भिक खिचलो वा आमाबाबुको लहलहैमा केटाले केटीमाथि गर्ने अभद्र एवम अशोभनीय दुब्र्यवहार खेप्नु पर्ने जस्ता कुराबाट कसरी अवको बाल बिवाह रोक्ने भन्ने विषयलाई पनि सडक नाटक पछुतोले राम्रो सन्देश दिन सफल भएको छ । युनाईटेड मिशन टु नेपालको सहयोगमा सामुदायिक विकास मञ्चको संयोजनमा सवै धर्मको एउटै चाहाना अहिँसा र शान्तिको कामना भन्ने नाराकासाथ अघि बढिरहेको अन्तर धार्मिक युवा सञ्जालले तयार पारेको यो नाटक अन्य स्थानमा पनि देखाईने भएको छ । अन्तर धार्मिक युवा सञ्जाल बिराटचोकले तयार पारेको सडक नाटक पछुतोमा कलाकारहरु कमला खड्का अहमद आलम, अब्यशा खातुन शमशेर आल हैदर अली चण्डिका महरा, मलता राई लगायतको शसक्त भूमिका रहेको छ ।