सुप्रिया राई भाद्र १
इटहरी÷ सङ्ंकल्प संस्थाको आयोजनामा विराटनगरमा महिला अधिकार सम्बन्धी संबैधानिक ब्यवस्था बिषयमा दुईदिने क्षेत्रिय परामर्श कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा इलाम, धनकुटा, सुनसरी,मोरङ, उदउपुर, सम्तरी, सिराहा लगायतका जिल्लाका संकल्पसंग जोडिएको ११ वटा संस्थाहरु र क्रियासिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा नेपाल दलित महिला संङ्घ, राष्ट्रिय आदिवासी जनजाती महिला, मानब अधिकारका लागि महिला एकल महिला समुह, नागरिक आवाज, नेपाल अपाङ्ग महिला सङ्ंघ लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा नागरिकता सम्बन्धि,महिलाको अर्थपूर्ण सहभागिता राज्यको हरेक निकायमा महिलाको समान पहुँच बहुबिबाहामा सजाय सम्वन्धि कानुन अपुरो ब्यवस्थामा परिमार्जन र कतिपय नीति नियमहरु बने पनि कार्यान्वन पक्षको फितलोपन लगायतका विषयमा बृहत छलफल भएको थियो ।उक्त कार्यक्रममा अधिबक्ता जगत थापले सहजीकरण गर्नुहुँदै बर्तमान संविधानले प्रत्याभूत गरेका महिला तथा ब्यक्तिगत अधिकारका विषयमा सवैले सचेत भएर जानकारी राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।