Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो


प्रकाश धौलाकोटी
तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९ हजार १ सय २४ रुपैयाँ सहयोग गरेको छ ।

सो रकम मंगलबार छथरको शुक्रबारेमा एक कार्यक्रम गर्दै छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्सावाले बिरामी रहेका लिम्बुका दाजु केसरमान लिम्बुलाई हस्तान्तरण गर्नुभएको छ । उनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

असंख्य रुपमा खोलिएका हटसपहरु मनोरञ्जनको लागि मात्र नभई समाज सेवाकालागि पनि सक्रिय हुनसक्छन् भन्ने उदाहरण स्वरुप सहयोग गरिएको ग्रुपका संस्थापक धर्म चौहानले बताउनुभयो । भाइको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरुलाई धन्यवाद दिँदै लिम्बुका दाजु केशरमानले सहयोगको याचना गर्नुभयो ।
कार्यक्रममा रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिख आँखेवाले बोल्दै लिम्बूको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम छथर पत्रकार समाजका सचिव उदयदीप सुब्बाले सन्चालन गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget