Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मुना थापाले दिपक अर्याललाई भन्दैछिन मेरै बुढो दामी ( भिडियो सहित )


 काठमाडौ ४ भदौ । तीजले छपक्कै छोप्न लागेको छ । त्यसैले कलाकारहरु तीजे गीत निकाल्न लागी परेका छन् । यसै तीज क्रममा तीज गीत लिएर आएका छन् मुना थापा र दिपक अर्याल । सबै तीज गीतमा  बुढोले माईत जान दिएन, यस्तो गरेन, उस्तो गरेन, यस्तो ल्याइदिएन उस्तो ल्याइदिएन भन्ने गुनासाका शव्द मात्र सुन्न पाइन्थ्यो तर, यस पटकको तीजमा भने श्रीमान श्रीमती बिचको माया र प्रेम  अत्यन्तै गाढा हुनुपर्छ र एक अर्कामा विश्वास राख्नु पर्छ भन्ने सन्देश मुलक गीत लिएर आएका छन गायक दिपक अर्याल र गायिका मुना थापा ।
सुखी परिवार हुनका लागि एक अर्कामा सहयोगको भावना हुनुपर्छ,  समाजमा शंकाहरु पनि हुन्छन तर ती शंकालाई निवारण गर्दै श्रीमान श्रीमती खुसीसाथ बसेर परिवार अनि समाजलाई नै  सुखमय बनाउनु पर्छ भन्ने मुल भाव बोकेको यस गीतलाई शिव हमालले शव्द रचना गरेका हुन् भने परिकल्पना दिपक अर्यालको रहेको थियो ।  तीज गीतमा विकृतीको बाढी आइरहेको सबैतिरबाट आलोचना भइरहँदा यो गीत भने मौलिकता सँगसँगै सन्देशमुलक बनेको छ ।
तीज पर्व महिलाको मात्र हैन तीज पर्वमा महिलासँगै पुरुषको उपस्थिति पनि उतिकै सान्दर्भिक छ भन्ने सन्देश पनि उक्त गीतले दिन खोजेको छ । उक्त गीतलाई हालसालै युट्युव मार्फत सार्वजनिक गरिएको छ  । म्यूजिक नेपाल मार्फत सार्वजनिक गरिएको उक्त गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको छ भने गीतको म्यूजिक भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।
म्यूजिक भिडियोमा चर्चित नायिका  रिस्ता बस्नेतको साथमा नायक  प्रविण केसीको जोडदार अभिनय देख्न सकिन्छ ।  गीतको बोल अलि भिन्न पाराको छ, जो नि आउने जिस्क्याउने बोल्ने, राम्रो बुढो पाएनी पेट पोल्ने भनेजस्ती भाकी छु यहि  छ मलाई काइदा ,माया नि गर्छन शंका नि गर्छन तर पनि संगिनी मेरै बुढोे काईदा ।
थुप्रै तीज गीतहरुको भिडमा एउटा राम्रो र उत्कृष्ट गीत आफूहरुले दर्शक स्रोतालाई पस्केको गायक दिपक अर्याल बताउदछन, यसैगरी गायिका मुना थापा पनि आफूले गाएका थुप्रै तीज गीत हरु मध्येमा यो गीत उत्कृष्ट बन्नेमा बिश्वस्त छिन ,भिडियो हेर्नुस ।https://www.youtube.com/watch?v=FmI05aw5ixY

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget