Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चितुवाको आक्रमणवाट बालिकाको मृत्यु

बैतडी, ५ भदौ । बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ ।
 

ज्यान जानेमा उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्द रहेको स्थानीयवासी वीरेन्द्र महताले राससलाई जानकारी दिनुभयो ।

बालिकालाई शनिबार साँझ आँगनमा खेलिरहेका बेला एक्कासि आएको नरभंसी चितुवाले आक्रमण गरेको उहाँले बताउनुभयो ।

आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा करिब राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको महताले बताउनुभयो । बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् ।

प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट अहिलेसम्म २० जनाभन्दा बढीको ज्यान गइसकेकोे छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget