Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

२२ भदौंबाट ‘पाँचौं नेपाल–अफ्रिका फिल्म फेस्टिवल’

काठमाडौं । ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ आउँदो २२ भदौबाट राजधानीमा सुरु भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनीकेसन (सिजेएमसी)द्वारा आयोजित महोत्सवमा यसपटक नेपाललगायत विभिन्न ९ अफ्रिकन मुलुकका फिल्मले सहभागी जनाउँदैछन् । महोत्वसकी निर्देशक डा. मञ्जु मिश्रका अनुसार यसपटक पनि महोत्सवमा विगतका वर्षझैं फिचर, फिक्शन र डकुमेन्ट्री फिल्मले सहभागी छन् ।

राजधानीको कमलपोखरीस्थित रसीयन कल्चरल सेन्टरमा भदौ २२, २३ र २४ गते तीनदिनसम्म चल्ने महोत्सवमा नेपालको नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले सहभागी जनाउँदैछ ।
उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने यस àपाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ को पहिलो दिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म ‘लुमुम्बा’ स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म ‘मसान’ स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका प्रतिष्ठित चलचित्र तथा संचारकर्मीको उपस्थिति रहने डा. मिश्रले बताइन् ।

           महोत्सवको दोश्रो दिन गिनियाको ‘ब्याटल अफ टोबाटो’, बर्किना फासोको ‘तसुना’, साउथ अफ्रिकाको ‘फुल्स’ र डेनमार्कको ‘मिनियाम्बा’ स्क्रिनिङ हुने भएको छ भने अन्तिम अर्थात् तेस्रोदिन  इजिप्टको ‘डोया एजिजा’ र अल्जेरियाको ‘रचिडा’ स्क्रिनिङ हुने आयोजकले जनाएको छ । फेस्टिवलकी निर्देशक डा. मिश्रका अनुसार ती फिल्मले अफ्रिकाको भू राजनीति, जनजीवन, संस्कृति तथा परम्परा बुझ्न मद्दत गर्नेछन् । ‘हामी सकारात्मक सन्देश दिने चलचित्र मात्र प्रदर्शन गर्छाै’ डा. मिश्रले भनिन्, ‘जसले आमदर्शकमा सकारात्मक सोचको विकास गराओस् ।’
नेपाल–अफ्रिकाबीच सांस्कृतिक आदान–प्रदान तथा सामाजिक विकासमा सहयोग पु¥याउँने उद्देश्यले सन् २०११ देखि कलेजले नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना सुरु गरेको हो ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget