Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अहिले जताततै संका भइरहेको बेला आइपुगिन संका गायिका शोभा पाण्डे लिएर (भिडीयो)

सांगीतीक क्षेत्रमा उदाउँदै गरेकी एक नवगायिका हुन् शोभा पाण्डे । सुमधुर स्वरकी धनी शोभाले बजारमा"शङ्का"  लिएर आउने तयारीमा छिन् । उनको यो एल्वम यतिबेला बजारमा नआउँदै चर्चामा छ । यससम्बन्धी उहाँसँग हाम्रा सहकर्मी अनु अर्पण घिमिरेले गरेको कुराकानी :
13920638_1129366330456917_8503554241664368451_nकुन ठाउँमा जन्मिनु भयो ?
- रुपन्देहिको देबदह भन्ने ठाउँमा |
हाल के मा व्यस्त हुनुहुन्छ ?
- पढाइसँगै संगीत अनी नयाँ एल्बम 'शङ्का' को तयारीमा छु |
शङ्कामा कती वटा गीत समाबेश छन् ?
- ५ वटा गीत छन् |
कस्ता कस्ता गीत छन् ?
- ५ वटा मध्य तीन वटा आधुनिक गीत र दुई वटा गजल छन् |
शब्द अनी संगीत कस्को छ शङ्कामा ?
- शब्द कृष्णहरी बराल सरको अनी संगीत गैरे शुरेशको |
संगीतमा कहिलेबाट लाग्नु भो ?
संगीत त मेरो जीवनको एउटा अंगै हो भन्दा फरक नपर्ला,  म सानै बाट गाउँथे तर सोलो एल्बम चाहीँ पहिलो हो यो "शङ्का" |
14067528_1763379600544493_7690088287031058240_nसंगीतको अवस्था आर्थिक हिसाबले नाजुक छ् भन्छन, तर पहिलो पटकमै पाँच वटा गीत गजल समाबेश गरेर सांगितिक क्षेत्रमा उदाउनु भएको छ ?
- श्रोता दर्शकले राम्रो लाई माया गर्नुहुन्छ | यसमा कृष्णहरी बरालको दम्दार शब्द छ । त्यसमाथि गैरे शुरेशको त्यस्तै छ । अनी स्वरमा मैले न्याय गरेकी हुनाले ढुक्क छु मन पराउनुहुनेछ र माया दिनुहुनेछ भन्ने कुरामा|
अहिले दर्शकहरु चुज्जी हुनुभएको छ तसर्थ शङ्काबाट के पाउनुहुनेछ ?
- हरेक चिजमा नयाँ स्वाद पाउनुहुनेछ | साँचो माया गर्दागर्दै पनि शङ्का गर्दा कस्तो अवस्था सिर्जना हुन्छ भनेर प्रस्ट्याइएको छ यो एल्बममा ।
कहिले आइपुग्छ बजारमा शङ्का ?
- हामीले लगभग सबै काम सकिसकेका छौँ, यही असोज ताका आउँछ बजारमा |
14141572_1765551213660665_82582292990650850_nअन्तीममा के भन्न चाहनुहुन्छ ?
- अब चाँडै आउँदैछ शङ्का | तपाईं चाहीँ ढुक्क हुनुहोस् । शङ्का नगरिदिनुस् । कस्तो चाहीँ होला भनेर एक पटक सुनेर सल्लाह सुझाव दिनुहोला । मेरो पहिलो प्रयास माया गरिदिनुस् । आगामी दिनमा अझ यो भन्दा राम्रो ल्याउनेछु । तपाईंहरुको माया र साथ दिनुहोला भन्न चाहन्छु |



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget