नेपाल यातायात संयुक्त मजदुर संघले आज मोरङ्गका बिभिन्न सरकारी कार्यलयमा संघ स्थापनाको लिखीत जानकारी गराएको छ । पुर्व क्षेत्रीय प्रहरी कार्यलय जिल्ला प्रशाशन कार्यलय मोरङ्ग सरकारी वकिल कार्यलय मोरङ्ग बार एसोसीएसन कार्यलय मोरङ्गमा लिखीत जानकारी गराइको छ । त्यस्तै जिल्ला प्रहरी कार्यलय मोरङ्ग, राजमार्गमा पर्ने ट्राफिक तथा इलाका प्रहरी कार्यलय, पुर्व नेपाल बस ब्यबसायी बिराटनगरमा लिखीत जानकारी गराइएको छ । त्यस्तै दिवा तथा रात्रि बस काउन्टरका इन्र्चाज हरुलाई समेत संघका केन्द्रीय अध्यक्ष गणेश भण्डारीसहित वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङ, उपाध्यक्ष कृष्णप्रसाद काफ्ले र चन्द्रबहादुर कार्कीको समेत को उपस्थितिमा जानकारी गाराइएको संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा काम गदंै आएका मजदुरहरुको हकहितका लागि राज्यले कुनै चासो नदेखाएकाले सम्पूर्ण यातायात मजदुरहरुको हकहितमा काम गर्नका लागि संघ स्थापना गरीएको केन्द्रिय अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।