Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तिजमा नाच्नलाई माइती घर जो चन्दा यस पाली बाबाकै आँगनमा नाच्ने भइन ।।



अर्जुन गरागाई

पुर्वकी चर्चित संचारकर्मी चन्दा खड्काले नया तिज गित युट्युब मार्फत साबजानीक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो दोस्रोे सांगीतिक एल्बम माइती घर २ (भाग २) बजारमा ल्याएकी छिन् । आफ्नैं शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो । दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । एउटा गीतको उनले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । ‘ बाबाको आँगनमा  छमछमी नाचिन्छ ।’ बोलको गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश सुब्बाले गरेका हुन भने सम्पादन निसान घिमीरेको रहेको छ । भिडीयोमा बिराट कला डान्स सेन्टरका कलाकार र चन्दा स्वयमको अभिनय रहेको छ ।  पुर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आइरहेकी उनले गत बर्षको माइती घर एल्बमको सफलता पछि माइती घर २ बनाउन हौसला मिलेकोे बताएकी छिन् । ‘ बाबाको आँगनमा  छमछमी नाचिन्छ र यो तिजमा,  बोलका गीतहरुले यतिबेला नेपालको पुर्वी बजारमा चर्चा कमाईरहेका छन् । नमस्ते एफ. एम. इटहरीकी कार्यक्रम संयोजक समेत रहेकी चन्दा गीतबाट प्राप्त प्रतिक्रियाले निकै खुशी देखिएकी छिन् ।
‘मेरो गीत सुनेर धेरै पूर्वका स्रोताहरुले स्वर राम्रो रहेछ रेडियो र साहित्य यात्रा संगै सांगीतिक यात्रालाई पनि अगाडि बढाउनुहोस् भन्ने प्रतिक्रिया दिइरहनु भएको छ’, हर्षित मुद्रामा उनले भनिन्, ‘अब स्रोताको च्वाईसअनुसार गीत गाँउछु’ । गायिका खड्काले अब चाडै नै आधुनिक गीतको अर्को सांगीतिक एल्बम बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएकी छिन् ।
भिडीयो । 


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget