सुमन भट्टराई भाद्र ८
नेपाल यातायात संयुक्त मजदुर संघद्धरा मंगलवार सुनसरी जिल्ला कार्यलयको उदरघाटन भएको छ ।
धरान स्थित शान्तिपथ लाइनमा एक कार्यक्रमका बिच सुनसरी जिल्ला कार्यलयको उदरघाटन भएको हो । संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारी, केन्द्रिय बरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङ्ग,उपाध्यक्ष श्रीमती सिता थापा, केन्द्रिय उपाध्यक्ष किशान शाक्य केन्द्रिय महासचिब अमृत भुजेल , बलबहादुर कालीकोटे, उदय श्रेष्ठ र केन्द्रिय सल्लाकार श्रीमती अमृता गोले लगाएतको उपस्थिी थियो ।
नेपाल यातायात संयुक्त मजदुर संघको जिल्ला कार्यलय मोरङ्ग तेह्रथुम संखुवासभा धनकुटा झापामा स्थापाना गर्ने तयारी भइरहेको संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो । त्यस्तै इकाइ कार्यलय इटहरी, इनरुवा खनार, दुहबीमा चाडै स्थापना गरीने संघले जनाएको छ ।
गत साउन १७ गते श्रम विभाग मिन भवन काठमाडौबाट दर्ता भएको संघले उद्घाटन सँगै गत साउन २८ गते केन्द्रिय कार्यालय धरानमै उद्घाटन गरेको थियो ।
संघले यातायातको क्षेत्रमा रहेर काम गदै आएका सम्पुर्ण मजदुरको हकहितको लागि संघ स्थापना भएको जिल्ला अध्यक्ष बीरबहादुर तामाङ (पशुपति) ले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रम बीरबहादुर तामाङ (पशुपति) को अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।।
photo by sunaulokhabar