Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

वेद विद्याश्रममा कम्प्युटर, स्टेसनरी र खाद्यान्न वितरण

पोखरा, ५ भदौ । लायन्स क्लब अफ सेती गण्डकीले पोखराको नदीपुरस्थित श्री महर्षि गुरुकुल वेद विद्याश्रम नारायणथान मन्दिरमा शनिबार कम्प्युटर, स्टेसनरी र खाद्यान्न वितरण गरेको छ । 

क्लबका सचिव मीना गुरुङका अनुसार विद्याश्रममा एक थान कम्प्युटर, शैक्षिक सामग्री र दाल चामल, प्लेट, बाल्टिनलगायतका वस्तु सहयोग गरिएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी वानका पूर्व गभर्नर दीपक श्रेष्ठले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले लायन्सको छवि उचो पार्ने बताउनुभयो ।

उक्त गुरुकुलमा कास्कीसहित सात जिल्लाका १४ जना बटुक र चार जना प्रशिक्षक रहेको आश्रम संयोजक कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बटुकहरूलाई हाल निःशुल्क पठनपाठनसहित पालनपोषणसमेत दाताको सहयोगबाट हुँदै आएको छ ।

क्लबका अध्यक्ष सुनयना पालिखेले लायन्स क्लब अफ इन्टरनेसनलको निर्देशनअनुसार (वल्र्ड वाइड विक अफ सर्भिस अफ युथ कार्यक्रमअन्तर्गत) पोखरामा सप्ताहव्यापी वृक्षरोपण, वातावरणसम्बन्धी सचेतनामूलकलगायतका कार्यक्रम गरिने जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget