
अर्जुन गुरागाई साउन २८
नेपाल यातायात संयुक्त मजदुर संघको केन्द्रीय कार्यालय धरान–८ बरगाछीमा आज उद्घाटन भएको छ ।
कार्यालय स्थापनासँगै उद्घाटनसमेत गरिएको छ । धरान–८ स्थित अटल पम्प नजिकै कार्यालय स्थापान गरिएको हो । कार्यालयको उद्घाटन कोशी बस व्यवसायी संघका सदस्य सुखधन राई र संघका अध्यक्ष गणेश भण्डारीले संयुक्त रुपमा गर्नु भएको छ ।

साउन १७ गते सोमवार श्रम विभाग मिन भवन काठमाडौबाट दर्ता भएको संघले उद्घाटन सँगै कार्यालयको स्थापना गरेको हो । कार्यक्रममा केन्द्रीय पदाधिकारी, सुनसरी, मोरङका जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो मजदुर का समस्या कुनै पनि संस्थाले नबुझेकाले संघको स्थापना गर्नु परेको संघका केन्द्रिय अध्यक्षले बताउनु भयो । उहाले कुनै पनि राजनितीक दलको दबाब मा नपर्ने बताउनु भयो । कार्यक्रमा ठुलो सर्घष पश्चात संस्था स्थापना भएकोमा अबिर जात्रा गरेर खुसीयाली समेत मानाइएको छ ।
सम्पुर्ण यातायातको क्षेत्रमा रहेर काम गदै आएका सम्पुर्ण मजदुरको हकहितको लागि संघ स्थापना भएको जिल्ला अध्यक्ष बीरबहादुर तामाङ (पशुपति) ले जानकारी दिनु भयो ।
कोशि वस ब्याबसायी संघका सदस्य सुख धन राईको प्रमुख आथित्यता र नेपाल यातायात संयुक्त मजदुर संघको केन्द्रीय अध्यक्ष गणेस भण्डारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।