सुप्रिया राई भाद्र ७
इटहरी÷ राजनीतिक बेथितिसँगै विद्यालयमा बढ्दो अन्यौल र बन्द हड्ताल आदिले बालबालिकाहरुको शिक्षण सिकाईको अधिकारमा गम्भीर असर परिरहेको अवस्थामा शिक्षा पत्रकार समुहले शिक्षा पत्रकार समुहको सक्रियतामा तराईका एघार जिल्लाका विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा सहित प्रभावकारी कार्यान्वयन गराउनका लागि सोमवार सुनसरी जिल्लाको इटहरीमा बृहत अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।एक दिन बिद्यालय बन्द हुँदा देशभरका ७० लाख बालबालिकाहरुले पढ्नबाट बञ्चित हुनु पर्ने भएकाले अव बिद्यालय बन्द नगरी आन्दोलन गर्ने राजनीतिक संस्कारका विकास गराउनका लागि राजनीतिक दलहरुलाई जिम्मेवार बनाउनका लागि अन्तरक्रियामा सहभागिहरुले जोड दिनु भएको छ ।मधेश आन्दोलन होस वा हादिवासी जनजाति वा माओवादी सवैको आन्दोलन बिद्यालय बन्द गराउने अनि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको सफलता पनि बिद्यालयसँगै जोडिने गरेकाले अव शिक्षालयमा कसैले पनि बन्द हड्ताललाई जोड्ने संस्कृतिको अन्त्य गराउने साझा अभियानमा जुट्न पनि अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन । अग्रज पत्रकार याम प्रधानको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष दामोदर दाहाल भगवती माविका प्रधानाक्यापक पुरुषोत्तम घिमिरे महिला तथा बालबालिका कार्यलयकी सुशिला कार्की, रविन घिमिरे राम कोईराला लगायतले बोल्नु भएको थियो ।अन्तरक्रिया कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाल अतिवडाले बिद्यालय दश चार हुनै पर्ने र शिक्षकले अनिवार्य कक्षामा सहभागि हुनै पर्ने र विद्यार्थीले अनिबार्य कक्षामा हाजिर हुर्ने ब्यवस्थालाई कडाई गर्न सकेमामात्र बिद्यालय शान्ति क्षेत्र कार्यान्वयन हुन सक्दछ भन्नुभयो ।