Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रियो ओलम्पिक : अहिलेसम्म कुन देशले कति पदक जिते ?

साउन ३० – ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म २४ स्वर्ण, १८ रजत र १८ कास्य गरी ६० पदक जितेको छ । कुल ४१ पदक जितेको चीन दोस्रो स्थानमा छ ।चीनले अहिलेसम्म १३ स्वर्ण, ११ रजत र १७ कास्य गरी ४१ पदक जितेको छ । १० स्वर्ण, १३ रजत र ७ कास्य गरी ३० पदक जितेको बेलायत तेस्रो तथा ८ स्वर्ण, पाँच रजत र तीन कास्य गरी १६ पदक जितेको जर्मनी चौथो स्थानमा उक्लिएको छ । यस्तै सात स्वर्ण, तीन रजत र १४ कास्य गरी २४ पदक जितेको जापान पाँचौं, ६ स्वर्ण, ९ रजत र ८ कास्य गरी २३ पदक जितेको रुस छैटौं, ६ स्वर्ण, सात रजत र ९ कास्य गरी २२ पदक जितेको अस्ट्रेलिया सातौं तथा ६ स्वर्ण, सात रजत र पाँच कास्य गरी १८ पदक जितेको इटाली आठौं स्थानमा छ । ६ स्वर्ण, तीन रजत र चार कास्य गरी १३ पदक जितेको दक्षिण कोरिया नवौं तथा  पाँच स्वर्ण, ८ रजत र पाँच कास्य गरी १८ पदक जितेको फ्रान्स दशौं स्थानमा छ ।
हंगेरीले पाँच स्वर्ण, तीन रजत र तीन कास्य गरी ११, नेदरल्याण्ड्सले तीन स्वर्ण, दुई रजत र तीन कास्य गरी ८,  स्पेनले तीन स्वर्ण र दुई कास्य गरी पाँच, न्युजिल्याण्डले दुई स्वर्ण र ६ रजत गरी ८, क्यानडाले दुई स्वर्ण, दुई रजत र ८ कास्य गरी १२, काजकस्तानले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात, बेल्जियमले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, क्रोएसियाले दुई स्वर्ण र एक रजत गरी तीन, स्वीट्जरल्याण्डले दुई स्वर्ण र एक कास्य गरी तीन तथा इरानले दुई स्वर्ण पदक जितेको छ । उत्तर कोरिया, स्वीडेन, ब्राजिल, पोल्याण्ड, रोमानिया,स्लोभेनिया, बेलारुस, कोलम्बिया, स्लोभाकिया, भिएतनाम, चाइनिज ताइपेइ, चेक गणतन्त्र, इथियोपिया, ग्रिस, अर्जेन्टिना, जमैका, फिजी, इरान, कोसोभो, पुएर्टो रिको, सिंगापुर र स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ६५ देशले पदक जितेका छन् ।

- तस्बिर : रोयटर्स

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget