सुप्रिया राई
इटहरी÷ इटहरीको राधाकृ‘ष्ण मन्दिर छेउको तरकारी बजारमा एका बिहानै तरकारी किन्न गएका एक उपभोक्ताले रायोको साग खरिद गर्न खोज्दाब्यापारीले सधैको भन्दा महङगो दाम भनेपछि ती तरकारी खरिदकर्ता उपभोक्ता किनौ वा के गरौ भनेर मोवाईल फोन गरेर घरमा गृहणीलाई तरकारीको दाम महङगो रहेको जानकारी गराउदै थिए । अर्थात पाँच सय रुपियाँ गोजीमा बोकेर गएका तरकारी खरिदकर्ताले मनले जाहे जस्तो तरकारी खरिद गरेर भान्सा टार्न सम्भव नरहेको अवस्था सिर्जना भएको छ यतिखेर तरकारीको बजार पहाडी जिल्ला होस या तराई ।समग्रमा यो लामो झरिपछिको तरकारी बजारभाउ निक्कै बढेकालेसर्वसाधारण उपभोक्ताले हरियो सागपातजन्य तरकारी खरिद गरेर मजासँगखान सक्ने अवस्था नभएकाले उपभोक्ताहरुले त्यसको बिकल्पको खोजीगरिरहेको भए पनि भरपर्दो बिकल्प नभएकाले बाध्य भएर महङ्गोमा तरकारीखरिद गरिरहेको पाईएको छ ।