Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरी जिल्ला प्रशासन कार्यालयले एक बर्षभरि भएका गतिविधिको प्रतिवेदन सार्वजनिक

सुप्रिया राई भाद्र ७
इटहरी÷सुनसरी जिल्ला प्रशासन कार्यालयले एक बर्षभरि भएका गतिविधिको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।ऋार्थिक बर्ष २०७१–०७२ मा ६२२ संस्थाको नविकरण भएकोमा आर्थिक बर्ष २०७२–०७३ मा आएर ५२७ संस्थाको नविकरण भएको पनि प्रमुख जिल्ला अधिकारी चापागाईले जारी गर्नु भएको प्रतिवेदनमा उल्लेख छ ।सो अवधिमा १६ हजार २ सय ९० जना सुनसरीबासीले नेपाली नागरिकता लिएको तथा १० हजार १ सय ९३ जनाले नेपाली नागरिकताको प्रतिलिपि लिएका छन । सो अविधिमा १०९ संस्था दर्ता,५३१ जना नाबालकलाई परिचय पत्र प्रदान, ४६ बिवाह दर्ता ७ पत्रपत्रिका दर्ता १ नयाँ छापाखानाको दर्ता तथा ४६ हातहतियार नविकरण गर्ने कार्य भएको छ । त्यसैगरी सो अवधिमा ४० सैनिक पेन्सन सिफारिस ६९९ ठाडो उजुरी दर्ता र १ हजार ५ सय ५८ वटा सेवाग्राहीको माँग अनुसारका विभिन्न सिफारिस गरिएको पनि सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै आर्थिक बर्ष २०७१–०७२ मा ३०९ जनाले बैबाहिक अङ्गिकृत नागरिकता लिएकोमा यो गएको आर्थिक बर्ष अर्थात नयाँ संविधान जारी भईसके यता ३२८ जनाले बैबाहिक अङ्गिकृत नागरिकता लिएको पनि सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयले सेवाग्राहीका माँग बमोजिम कार्य सम्पादन गर्दा सरकारी नियम अनुसार २ करोड ३५ लाख राजश्व समेत सङ्कलन गरेको प्रजिअ चापागाईले बताउनु भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget