Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बिभेदपुर्ण व्यवहार गरे शसक्त्त प्रतिकार गर्ने

बिराटनगर, ४ भदौ । नयाँ संबिधानले दलितहरुलाई पनि पहिलो दर्जाको अधिकार दिइसकेकोले  बिभेदपुर्ण व्यवहार गरे शसक्त्त प्रतिकार गर्ने चेताबनी दलितहरुले दिएका छन । 

शनिवार परियार सेवा समाज बिराटनगरको प्रथम बार्षिकोत्सव तथा अधिबेशनमा बोल्दै परियार समाज नेपालका केन्द्रिय अध्यक्ष बलबहादुर सुन्दासले संबिधानबाट दलितहरुले अरु जातिहरु जस्तै समान अधिकार पाइसकोले बिभेदको व्यहावहार भए सहन नसक्ने बताए । उनले अझै पनि अब जातिय भेदभाव र छुवाछुतको व्यहार भैरहेकाले त्यसको प्रंतिकार गर्न परियार सेवा समाज शसक्त्त संघर्षमा उत्रने तैयारीमा रहेको जानकारी गराए । 
अध्यक्ष सुन्दासले  राजनैतिक , आर्थिक , समाजिक र साँस्कृतिक अधिकारकालागि अब पहिले झै दलितहरु हेपिएर रोएर नसक्ने बरु आक्रोशपुर्ण आन्दोलन सुरु गर्नुपर्छ भने । परियार सेवा समाजका केन्द्रिय उपाध्यक्ष कमल परियारले नेपाल एकिकरण गर्नकालागि मुख्य सुझाव दिने बिसे नगर्चीको इतिहास संरक्षण गर्न र उनिहरुका सन्तान परियार समुदायलाई राज्यको प्रशासनिक निकायमा पुरयाउन राज्यले अझै पुर्ण रुपमा चासो नदिएको गुनासो गरे । परियार सेवा समाजका सचिव धर्मबहादुर नेपालीले नेपाल राज्य निर्माणमा दलित समुदायभित्र पर्ने परियारहरुको योगदानको खोजी नहुँदा इतिहास हराइरहेको गुनासो गरे ।  बिद्यार्थी नेता जयराम सुन्दासले हक अधिकारकालागि संगठित हुँदा जातियताको आरोप लगाउनेहरु दलितहरुलाई अधिकार दिन नचाहने र बर्षौदेखी शोषण गर्ने बर्ग भएको आरोप लगाए । केन्द्रिय सदस्य निर्मला परियारले बषौदेखी उत्पिडनमा परेका दलिहरु अझै पनि एकताकालागि संगठित हुन नसकेकैले समाजबाट जातिय छुवाछुतको व्यवहार अन्त हुन नसकेको बताइन । उनले छुवाछुतको व्यवहार भएमा सबै दलितहरु एक भएर सामना गर्न तैयार हुन आग्रह गरिन । सुन्दासले अब दलितहरुले सधै हिनभावना राखेर हैन सचेत भएर आफनो अधिकार माग्नु पर्ने र इतिहास खोज्नुपर्ने बेला आएको बताए । परियार सेवा समाज बिराटनगरका अध्यक्ष सुर्य नेपालीले परियार समाज सबै पार्टीभित्र रहेका र पिछडिएका परियारहरुलाई गोलबन्द गरेर स्वतन्त्र रुपमा आफनो हक अधिकार स्थापित गराउन लागिपर्ने बताए । 

अधिबेशनकै क्रममा एसएलसीमा उत्तिर्ण हुने चार जना परियार समुदायका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget