Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

देशभरी हाउसफुल “सुन्तलीलाई भगाई लग्यो झिल्केले” शिशीरको अभिनय अब्बल



शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र सुन्तलीलाई भगाई लग्यो झिल्केलेले शनिबार देशभरी हाउसफुलको व्यापार गरेको छ । शनिबार देशका सबैजसो हल जहाँ फिल्म चलेका थिए हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । शु्क्रबार ठिकठाक व्यापार गरेको चलचित्रको शनिबारको व्यापारसंगै माउथ पब्लिसिटी पनि बढ्ने निर्देशक ऋषिराज आचार्यको बिश्वास छ ।



ग्रामिण कथावस्तु बोकेको चलचित्रलाई सबैले राम्रो बताएका छन् । नेपाली चलत्रिमा पहिलो पटक जार जारको कथा उठान गरिएको चलचित्रको कथावस्तु, गीतसंगीत, लोकेशन सँगै कलाकारको अभिनयलाई सबैले वाह भनेका छन् । फिल्मभित्र सबैको अभिनय राम्रो रहेपनि सबैभन्दा चर्चा भने कलाकार शिशिर भण्डारीको भएको छ । टिभी फिल्मीको चर्चित कार्यक्रम डुप्लिकेटका सन्चालक शिशिरले फिल्ममा लाहुरे नामक पात्रको भुमिका बहन गरेका छन्, जो फिल्मका भिलेन हुन् । राजधानकिो गोपीकृष्ण हलमा शनिबार शिशिरलाई दर्शकहरुले उचाले पनि । दर्शकहरुको प्रतिक्रियाबाट यसअघि होस्टेल, लभसब, नाई नभन्नु ल ४ जस्ता चलत्रिहरुमा राम्रो प्रभाव छाडेका शिशिर उत्साहित छन् ।

शिशिर सँगै फिल्ममा शुसान्त कार्की, सुरजनी केसी, शुसिल सिटौला, रिजा भुषाल आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ । सुरजनीलाई ग्रामिण युवतीको भुमिका सुहाएको छ । शुसान्तले यसअघिका चलचित्रमा भन्दा यसमा अझै राम्रो र भिन्न भुमिका बहन गरेका छन् । शुसिल सिटौलाले पनि दर्शकको मन जितेका छन् भने नव अभिनेत्री रिजा भुषाल नयाँ जस्ती लाग्दिँनन् । रिजाको भविष्य उज्वल छ । तपाई पनि एउटा राम्रो चलचित्र हेर्न चाहनुहुन्छ भने सुन्तलीलाई भगाई लग्यो झिल्केले रोजाईमा पार्नुहोस् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget